भूकम्पपीडितलाई सुदूरपश्चिमबाट एमालेको सहयोग
2023/12/18, 12:54
 
ss

 नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलकाे कार्यालयले जाजरकोट भूकम्पपीडितलाई सहयाेग गरेको छ।

प्रदेशसभाका ९ जना सांसद र उनीहरूका स्वकीय सचिवबाट रकम संकलन गरेर साेमबार जिल्ला प्रशासन कार्यालयबाट हस्तान्तरण गरेकाे हाे।

एमाले संसदीय दलका नेता राजेन्द्र रावलले प्रदेशसभाका सदस्यबाट १० हजार र स्वकिय सचिवबाट पाँच हजारका दरले रकम संकलन गरेर पीडितलाई हस्तान्तरण गरिएको जानकारी दिए। रावलकाअनुसार कुल संकलित एक लाख ३५ हजार रूपैयाँ एकमुष्ट जिल्ला प्रशासन कार्यालय मार्फत हस्तान्तरण गरिएको हाे। रावलले उक्त रकम थाेरै भएपनि विपद्का बेला पीडितलाई राहत तथा एकताकाे सन्देश दिन सहयोग राशि प्रदान गरिएको बताए।