रणवीर कपूरको ५ सय करोड कमाउने पहिलो फिल्म बन्यो 'एनिमल'
2023/12/18, 1:11
 
animal hfdi

बलिउड अभिनेता रणवीर कपूरको फिल्म ुएनिमलु ५ सय करोड क्लबमा समावेश भएको छ। 

भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार यो अभिनेता रणवीरको ५ सय करोड भारू कमाउने पहिलो फिल्म हो। यसअघि उनको फिल्म ुसञ्जुु ले ३४२ करोड ५३ लाख भारू कमाएको थियो।

साथै एनिमल यस वर्ष ५ सय करोड कमाउने चौथो फिल्म बनेको छ। यसअघि फिल्म जवान, पठान र गदर २ु ले ५ सय करोड भारू कमाएका थिए। एनिमल ले १७ औं दिनमा ५ सय करोड कमाएको हो। आइतबार १५ करोड भारू कमाउँदै फिल्मले भारतीय बक्स अफिसमा ५१२ करोड ९४ लाख भारू कमाएको छ। 

फिल्मले विश्वभरबाट ८३० करोड भारू कमाएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ। यसै साता शाहरूख खानको डंकी र प्रभासको सलार प्रदर्शन हुँदैछ। यी दुई फिल्म प्रदर्शन भएपछि एनिमलको कमाइमा प्रभाव पार्ने देखिन्छ। दुवै फिल्मलाई लिएर दर्शक निकै उत्साहित रहेका छन्। 

सन्दिप रेड्डी वांगाले निर्देशन गरेको फिल्ममा रणवीरसँगै रश्मिका मन्दना, बबी देओल, अनिल कपूरको मुख्य भूमिका छ। फिल्ममा अनिल रणवीरको बाबुको भूमिकामा छन् भने रश्मिका उनको श्रीमतीको भूमिकामा देखिएका छन्।