धनगढीका तक्की खानको निधन
2023/12/18, 1:17
 
takki khan

राष्ट्रिय खेलाडी एवम् अभियनकर्ता तक्की खानको निधन भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका – १ पशुपति टोल निवासी ८० वर्षीय तक्की खानको सोमबार राती निधन भएको हो ।

धनगढीको त्रिनगर स्कुलमा ५ सम्म पढेका खानले २०२३ सालतिर सुदूरपश्चिममा सडक विभागको डोजर चलाउने काम गरेका थिए । सो समयमा उनी मात्रै सुदूरपश्चिमका एक्ला डोजर चालक रहेका थिए । उनले काठमाण्डौमा समेत पुर्व राजा महेन्द्र शाहको निगरानीमा करिब ४ महिना डोजर चलाएका थिए ।

त्यहीबाट भारत्तोलन खेल्न सुरु गरेका तक्की खानले देशभर बिभिन्न ठाँउमा भएका खेलमा ४५ भन्दा बढी पदक जितेका थिए । उनले नेपालबाट भारत्तोलन खेल्न बंगलादेश पनि पुगेका थिए । उनले नेपाली चलचित्रमा खलनायको भूमिका पनि निर्वाह गरेका थिए । उनले महानायक राजेश हमाल देखि विराज भट्ट बलिउडका चर्चित नायिका खुस्बु सम्म संगै पनि काम गरेका थिए ।

खलनायकको भूमिकामा अभियन गर्ने खानले मर्म, प्रतिक्षा, भरोसा, बौछार, य कैसिन नाता, उनको अंगरक्षक, सावन, रखवाला, अन्नदाता, अग्निपुत्र लगायत नेपाली ठुला पर्दाका २४ वटा फिल्ममा अभिनय गरेका छन । भारतिय नायिका खुस्बु संग अभिनय गरेको फिल्म चाहि ‘भुल नही जाना’ रहेछ ।

अग्लो र मोटो जिउ, लामो कपाल भएका तक्की खान केहि वर्ष अत्तरिया धनगढी लगायतका बसपार्कहरुमा भेटिने गरेका थिए । युवा उमेरमा अभिनय, खेलाडी र डोजर चालकको काम गरेका तक्की बुढेसकालमा भने बसपार्कहरुमा सवारी चालक संग पैसा मागेर खाने गरेका थिए । बसपार्कमा बसिरहने उनलाई सवारी धनी र चालकले स्वफुर्त रुपमा पैसा दिने गर्थे ।