
प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा कैलालीको टीकापुरमा प्रदर्शन भएको छ। भारतीय चलखेलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुबाटै केपी शर्मा ओली नेतृत्वको सरकारलाई ढाल्न खोजिएको भन्दै टीकापुरमा प्रदर्शन भएको हो।

'राष्ट्र नायक’ केपी ओली जिन्दावाद, भारतीय विस्तारवाद मुर्दावाद’, ‘अस्थिरता चाहिँदैन, सरकार ढाल्न पाइँदैन’ भन्दै युवा, विद्यार्थी र सर्वसाधारणहरूले प्रधानमन्त्री केपी ओली पक्षमा नारा लगाएका थिए।
टीकापुरको खड्ग चोकबाट सुरु भएको र्याली नेपालको झण्डा सहित बजार परिक्रमा गरी अस्पताल रोड हुँदै खड्ग चोक पुगेर सभामा परिणत भएको थियो। प्रदर्शनमा नेकपानिकट विद्यार्थी र युवा बढी थिए।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 8:36
2020/12/20, 6:48
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/01/03, 4:09