
सुदूरपश्चिम महोत्सवमा आज मंगलवार गौरी भट्ट र राम चन्द्र काफ्लेको प्रस्तुती रहने भएको छ। धनगढी उपमहानगरपालीका १ स्थीत पशुपती टोलमा सञ्चालन भैरहेको महोत्सवमा आज कलाकार गौरी भट्ट र राम चन्द्र काफ्लेसंगै स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजक कैलाली उद्योग वाणीज्य संघले जानकारी दिएको छ ।

२२ गते शुक्रबार देखि शुरु भएको महोत्सव पुस ५ गतेसम्म चल्ने छ । यस बर्षको महोत्सवमा थारु गाउँ, फोटो प्रर्दशनी, स्थानीय परिकार, कला संस्कृति मुख्य आकर्षण रहेका छन् । महोत्सवको टिकट मोवाइल वालेट खल्तीबाट पनि किन्न सकिने आयोजकले जनाएको छ ।
महोत्सव भित्र रहेको खल्तीको स्टलबाट खल्तीको प्रोमो कोड लगेर टिकट काट्दा हरेक टिकटमा २५ रुपियाँ क्यास ब्याक समेत पाइने बताइएको छ । सर्वसाधारणलाई १०० रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ टिकट निर्धारण गरिएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/17, 1:45
2024/11/29, 12:12
2021/05/01, 5:21
2021/11/23, 11:04
2020/09/05, 6:09