कैलालीमा हाइसले मोटरसाईकललाई ठक्कर दिँदा दुर्घटना
2023/12/19, 10:49
 
ssdsf

कैलालीमा हाइसले मोटरसाईकललाई ठक्कर दिँदा दुर्घटना भएको छ। लम्कीचुहा नगरपालिका–४ बलियास्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिम आउदै गरेको सुदूरपश्चि प्रदेश ०१००१ ज १५४७ नम्बरको इलेक्ट्रिक हाइसले सोही दिसा तर्फ आउदै गरेको से ३ प ६४९३ नम्बरको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिँदा सोमवार राति दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाईकल चालक लम्कीचुहा नगरपालिका–४ का ३८ वर्षीय चन्द्रप्रसाद चौधरी र मोटरसाईकल पछाडी सवार सोही नगरपालिकाका ३४ वर्षीय लेखराम चौधरी घाईते भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।  चन्द्रप्रसाद चौधरीको स्थानीय लालरत्न अस्पतालमा उपचार भइरहेको र लेखराम चौधरीलाई लालरत्न अस्पतालमा उपचारपछि थप उपचारका लागि रातिनै नेपालगन्ज मेडिकल कलेजमा रेफर गरिएको प्रहरीले बताएको छ।

हाइस चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ का २२ वर्षीय दिपक धितलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ। हाइस र मोटरसाईकललाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।