धनगढी जेसिज देशभरमै सर्वोकृष्ट शाखा
2023/12/20, 12:01
 
dd

कैलालीको धनगढी जेसिज यस वर्ष देशभरमै सर्वोकृष्ट शाखा भएको छ । राष्ट्रिय जेसिजको ५० औं महाधिवेशनमा धनगढी जेसिजलाई देशकै सर्वाेत्कृष्ट शाखा घोषित गर्दै पुरस्कृत गरिएको हो । 

सामाजिक तथा व्यक्तिगत कार्यमा विभिन्न गतिविधि गरेको भन्दै देशभरका एक सय ७८ शाखामध्ये धनगढी उत्कृष्ट बनेको धनगढी जेसिजका अध्यक्ष मोहन ओझाले जानकारी दिए । धनगढी जेसिजले नयाँ वर्षमा धनगढी दौडिन्छ, विभिन्न समयमा रक्तदान, अन्तरक्रिया लगायतका विभिन्न गतिविधि गर्दै आईरहेको छ ।

सो सम्मान अध्यक्ष ओझालाई  २०२३ का राष्ट्रिय अध्यक्ष सिनेटर विकास मानन्धरले हस्तान्तरण गरेका थिए । मंसिर २९ देखि शुरू भएको अधिवेशन २ गते सम्पन्न भएको छ ।