धनगढीमा जग्गा प्लटिङ कार्यविधि खारेजीका लागि प्रस्ताव दर्ता
2023/12/20, 2:31
 
sdfsf

विवादित बनेको धनगढीको जग्गा प्लटिङ कार्यविधि खारेजीका लागि प्रस्ताव दर्ता गरिएको छ।  धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले एकलौटी गरेर उक्त कार्यविधि राजपत्रमा प्रकाशित गरेको भन्दै बहुसङ्ख्यक कार्यपालिका सदस्यहरूले बुधवार उपमहानगरपालिकामा खारेजीका लागि प्रस्ताव दर्ता गरेका हुन् ।

उपस्थित भएका वडाध्यक्ष सहितका कार्यपालिका सदस्यहरूले सामूहिक निर्णय गर्दै उक्त कार्यविधि खारेजीको पक्षमा उभिएका छन् । वडाध्यक्ष तथा उपस्थित कार्यपालिका सदस्यहरूको तर्फबाट कार्यपालिका सदस्य चक्र विकले उपमहानगरपालिकाका डिल्ली ओझालाई आफूहरूको निर्णय सहितको जग्गा प्लटिङ कार्यविधि खारेजी प्रस्ताव दर्ता गर्न पत्र हस्तान्तरण गरेका थिए । 

ewr

उपलब्ध कार्यपालिका सदस्यहरूको निर्णयमा भनिएको छ, ‘कार्यविधि सम्बन्धमा कार्यपालिका सदस्यहरूले  अध्ययन गरी व्यापक छलफल गरिसके पश्चात् मात्र पाश गर्ने भनी बैठक टुङ्गिएकोमा नगरप्रमुख ज्यूको एकल निर्णयबाट स्थानीय राजपत्रमा प्रकाशित भएकोमा  उक्त कार्यविधि सम्बन्धमा नगर कार्यपालिका सदस्य ज्यूहरूको पूर्ण असन्तुष्टि रहेको हुँदा उक्त कार्यविधि खारेजीका लागि नगर कार्यपालिकाको सचिवालयमा उक्त प्रस्ताव दर्ता गराउने निर्णय सर्वसम्मत गरियो ।’

कार्यविधि खारेजीका लागि प्रस्ताव दर्ता गर्दै कार्यपालिका सदस्य विकले मेयर हमालले एकलौटी गरेको आरोप दोहोराए । हामीलाई पुरै अध्ययन गर्नै नदिएर प्रस्ताव पारित गरेर राजपत्रमा समेत छापिसक्नु भएको रहेछ’ उनले भने, ‘हामी त्यसको विरुद्धमा छौँ । उक्त कार्यविधि खारेज हुनुपर्छ ।’

उनले आफूहरूको अधिकार पनि कुण्ठित गरिएको आरोप लगाए । उनले मेयर हमालले एजेन्डा विना उक्त कार्यविधि कार्यपालिका बैठकमा ल्याएको बताए । उनले आफूहरूले कार्यपालिका बैठकमा पनि असहमति जनाएको बताए । अध्ययन गर्ने र राय सहित पास गर्ने गरी तयारी हुँदा पनि आफूहरूले आफ्नो अधिकार प्रयोग गर्न नपाएको उनको भनाइ थियो ।

‘हामीलाई त फड्के किनाराको साची बनाउने र विगतबाटै हस्ताक्षर गराएर पङ्गु बनाउने काम भएको छ ’ उनले भने ‘हामीले ५ प्रतिशत पनि अधिकार उपभोग गर्न पाएनौँ ।’विधायन समिति मार्फत प्रक्रियाबाट ल्याएर कार्यपालिका र नगर सभाबाट पारित गरिनु पर्नेमा उनले जोड दिए । 

fffffg

अघिल्लो आइतबारको कार्यपालिका बैठकमा यस विषयमा छलफल भएको थियो । सोमबार नै उक्त कार्यविधि  राजपत्रमा छापिएको थियो । मङ्गलवार कार्यपालिका सदस्यहरूले विरोध जनाएका थिए । एक साता सम्म पनि मेयरले चासो नदिएपछि यस मङ्गलवार धनगढीको होटेल डिभोटीमा जम्मा भएर उक्त कार्यविधि खारेज गराउने वडाध्यक्ष सहितका कार्यपालिका सदस्यहरूले निर्णय गरेका थिए । सोही निर्णय अनुसार बुधवार कार्यविधि खारेजीका लागि प्रस्ताव दर्ता गरिएको हो । 

यता नगर प्रमुख गोपाल हमालले भने यस विषयमा पछि नहट्ने बताइसकेका छन् ।  हमालले आफू पदबाट राजीनामा दिन तयार हुने तर, निर्णय बाट पछि नहट्ने बताएका हुन् । मङ्गलवार धनगढीको एक होटेलमा जम्मा भएका धनगढी उपमहानगरपालिकाका वडाध्यक्ष सहितका कार्यपालिका सदस्यहरूले तत्काल उक्त निर्णय खारेज गर्नु पर्ने निर्णय गरेपछि मङ्गलवार साझै हमालले भिडिओ सन्देश मार्फत  उनले भने, ‘होटेलमा गएर कार्यपालिकाको निर्णय उल्टाउने प्रवृत्ति आयो यो दुखद हो यस्तो खालको प्रवृत्तको पछाडि लागिँदैन। मैले बरु मेयरबाट राजीनामा दिन्छु तर, म चाहिँ पछाडि हट्दिन ।’