सहमति भएपछि पूर्वपश्चिम राजमार्ग सुचारु
2023/12/20, 2:44
 
aa

कैलालीमा अवरुद्ध गरिएको पूर्वपश्चिम राजमार्ग सुचारु भएको छ। जिल्लाको साडेपानीमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएका भोजबहादुर शाहीको घटनाको छानबिनको माग गर्दै अवरुद्ध गरिएको राजमार्ग सुचारु भएको हो ।

स्थानीय सँग दुई पक्षीय सहमति भएपछि राजमार्ग सुचारु गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायव उपरीक्षक वीरेन्द्र विश्वकर्माले जानकारी दिए । मंगलबार पूर्वपश्चिम राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिका–१ जङ्गल रिसोर्ट नजिकै सुदूरपश्चिम प्रदेश ०१०१० प ५०७० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–२ विशाल चोकका करिब ३० वर्षीय भोजबहादुर शाहीको मृत्यु भएको थियो।

मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना नभई गाडीले ठक्कर दिएर दुर्घटना भएको भन्दै स्थानीयले छानबिनको माग सहित राजमार्ग अवरुद्ध गरेका थिए ।