डडेल्धुरामा जिप दुर्घटनाः तीन जना घाइते
2023/12/21, 11:23
 
ss

डडेल्धुराको आइतबजार नजिक जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। बुधबार बेलुका जिल्ला सदरमुकामको बागबजारदेखि भागेश्वर गाउँपालिकाको बगरकोट जोड्ने सडकमा सुदूरपश्चिम प्रदेश ०४ ००१ च १८८ नम्बरको जिप दुर्घटना भएको हो।

दुर्घटनामा चालकसहित तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक एवं सूचना अधिकारी कुसुम नायकले जानकारी दिए।

उनका अनुसार घाइते हुनेमा नवदुर्गा गाउँपालिका– १ का ३० वर्षीय जिप चालक दीपेन्द्रबहादुर बुढाऐर, नवदुर्गा–४ का २७ वर्षीय दीपेन्द्र बोहरा र अमरगढी नगरपालिका– ८ का ४२ वर्षीय दानबहादुर ओली रहेका छन्। घाइतेहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको छ।