साहुनीलाई किस मागेको आरोपमा पक्राउ परेका वडाध्यक्षको समर्थनमा प्रदर्शन
2020/07/05, 9:08
 
mahendra nagar

कचनपुरको भीमदत्त नगरपालिका ९ का अध्यक्ष राम नाथलाई षडयन्त्र गरी फसाइएको भन्दै स्थानीयले महेन्द्रनगरमा समर्थनमा प्रदर्शन सुरु गरेका छन् । स्थानीयले कवर्ड भेला भएर प्रदर्शन सुरु गरेका छन् । कबर्ड हलबाट सुरु प्रदर्शन जिल्ला प्रशासन कार्यालय हुँदै बजार क्षेत्रमा परिक्रमा गरी जिल्ला प्रहरी कार्यालयसम्म प्रदर्शन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुखलाई ज्ञापन पत्र बुझाएर प्रदर्शन समापन गर्ने कार्यक्रम बनाईएको छ । स्थानीय किसन नाथले वडाध्यक्ष नाथलाई षडयन्त्र गरी झुटा मुद्दामा फसाइएकोले महेन्द्रनगर आएर प्रदर्शन गरिएको बताए । ‘षडयन्त्र गरी निर्दोषलाई फसाउन खोजिएको छ, निर्दोष कुनै पनि हालतमा फस्न हुँदैन’ स्थानीय नाथले भने ।

प्रदर्शनमा सहभागीहरुले अध्यक्ष नाथलाई पूर्व निर्धारित योजना बनाएर होटलमा बोलाएर झुटा मुद्दामा फसाएको बताए । ‘चिनेजानका आधारमा आम खान होटेलमा बोलाएर पछि यस्तो झुटा मुद्दामा फसाइएको हो’ एक स्थानीयले भने । शुक्रबार राति ब्रह्मदेब बजारमा राति एक होटल सञ्चालक महिलामाथि दुव्र्यवहार गरिएको आरोप वडाध्यक्ष नाथ पक्राउ गरिएका थिए । उनीमाथि जबरजस्ती करणी उद्योग मुद्दामा अनुसन्धान सुरु गरिएको छ ।