धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
2023/12/24, 11:21
 
fdgdg

कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १८ इ गाउँमा शनिवार राति मोटरसाइकल दुर्घटना हुँदा २८ वर्षीय पप्पुबहादुर कामीको मृत्यु भएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार उनले चलाएको से ५ प ४७७५ नम्बरको मोटरसाइकल शनिवार राति अनियन्त्रित भएर दुर्घटना भएको हो। धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडाका पप्पुको सेती अस्पतालका चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए। घटनाको विषयमा थप अनुसन्धान जारी रहेको सुदूरपश्चिम प्रदेश प्रहरीले बताएको छ।