
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आइतवार साँझ दुर्घटना हुँदा चालक कैलारी गाउँपालिका ९ गदरियाका ४३ वर्षीय रतीराम चौधरीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भिर घाईते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारको क्रममा मृत्यु भएको हो। भजनी नगरपालिका ७ हिम्मतपुर स्थित हुलाकी सडक–खण्डमा सुदूरपश्चिम प्रदेश ०१००११ प ८०४० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। दुर्घटना सम्बन्धी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/27, 8:36
2022/06/07, 12:05
2023/09/05, 1:56