
जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरपालिकाका दुई होटेलमा अनैतिकता क्रियाकलाप भइरहेको फेला पारेको छ । धनगढीको वडा प्रहरी कार्यालयले आइतबार धनगढी–७ मनेहरामा रहेको ब्ल्याक स्टोन कटेज र धनगढी–३ मिलनचोकमा रहेको होटेल रारामा छापा हान्दा यौन धन्दा भइरहेको पाइएको हो ।

प्रहरीले कटेजका सञ्चालक २९ वर्षीय हर्क विष्टसहित अर्का एक पुरुष र २ महिलालाई समातेको छ । त्यस्तै रारा होटेलबाट अनैतिकता क्रियाकलापमा संलग्न तीन महिलालाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय धनगढीले जनाएको छ। पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको बताइएको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/27, 8:36
2022/06/07, 12:05
2023/09/05, 1:56