सुदूरपश्चिममा भारतबाट फर्किएकामा देखिन थाल्यो कोरोना, एक हप्तामा ८ जना सङ्क्रमित
2023/12/27, 9:04
 
11

 सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण देखा पर्न थालेको छ। महामारीको रूपमा कोरोना देखा परेको लामो समयपछि फेरि केही महिनामै कोरोना सङ्क्रमण देखा पर्न थालेको हो। भारतबाट फर्किनेहरूमा कोरोना सङ्क्रमण देखा पर्न थालेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।

स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पौष महिनाको ४ गते देखी आज मङ्गलवार १० गते सम्ममा ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। पौषको ४ गते बुधवार कैलालीको गौरीफन्टानाका भएर आएका २ जनामा कोरोना सङ्क्रमण देखा परेको हो । यस्तै पौष ५ गते कैलालीको गौरीफन्टानाका भएर आएका २ जनामा, पौष ७ गते शनिवार १ जनामा कोरोना सङ्क्रमण देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका सूचना अधिकारी धर्मानन्द गिरीले बताए।

यस्तै उनका अनुसार आइतबार मात्रै कैलालीको गौरीफन्टानाका भएर आएका २ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । यस्तै आज आज मङ्गलवार कैलालीको गौरीफन्टानाका भएर आएका सुदूरपश्चिमका १ जनामा कोरोना सङ्क्रमण सङ्क्रमण पुष्टि भएको छ।गौरीफन्टा नाका भएर भारतबाट फर्किएकाहरूको सङ्ख्या हो । पछिल्लो समय भारतबाट सुदूरपश्चिममा भित्रिनेमा दिनहुँ कोरोना सङ्क्रमण देखिन थालेको छ।


कोभिड–१९ सङ्क्रमण सुरु भएयता सुदूरपश्चिममा ६ लाख ७१ हजार पाँच सय १० जनाको परीक्षण गरिएकोमा ६२ हजार चार सय ८४ व्यक्तिमा सङ्क्रमण देखा परेको थियो। अहिलेसम्म सुदूरपश्चिममा मात्र कोभिडबाट ६ सय ३७ जनाको मृत्यु भएको छ।भारतमा पनि कोरोनाका बिरामी दिनप्रतिदिन बढिरहेका छन्। भारतमा जेएन १ फैलिएसँगै कोभिडको एक्टिभ केस ४ हजार ५४ पुगेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार पछिल्लो २४ घण्टामा ६२८ जनामा सङ्क्रमण देखिएकोमा एक जनाको मृत्यु भएको जनाएको छ।

मृत्यु हुनेमा केरलाका नागरिक रहेको बताइएको छ। भारतमा कोभिडबाट मृत्यु भए पनि अधिकांश बिरामीलाई अस्पताल भर्नाको जरुरी नरहेको नेशनल इण्डिया मेडिकल एसोसिएसनका कोभिड टास्कफोर्सका सह अध्यक्ष राजीव जयदेवनले बताएका छन्।पछिल्लो एक महिनायता विश्वभर तीव्र रूपमा फैलिरहेको छ। नयाँ भेरियन्ट बेलायत, चीनलगायत धेरै देशहरूमा फैलिरहेको छ। बेलायती पत्रिका डेली स्टारले आफ्नो एक रिपोर्टमा कोभिडको नयाँ भेरियन्टबाट चीनमा ठुलो सङ्ख्यामा मानिसको मृत्यु भइरहेको जनाएको छ। मृतकको सङ्ख्या यति धेरै बढिरहेको छ कि त्यहाँको शव दाह गृह २४ घण्टा सञ्चालनमा छ। विश्व स्वास्थ्य सङ्गठनले कोभिडको जेएन १ भेरियन्टलाई भेरियन्ट अफ इन इन्टरेस्ट को श्रेणीमा राखेको छ। यो भेरियन्ट कम खतरा रहेको बताइएको छ।तर यो भेरियन्ट विश्वभर द्रुत गतिमा फैलिरहेको छ।

चीनमा हाल १ लाख १८ हजार ९७७ कोरोना भाइरसका पोजेटिभ केस रहेको बताइएको छ । जसमध्ये ७ हजार ५५७ केस गम्भीर अवस्थाका छन्। तर, चीनले भने कोभिडबाट मृत्यु भएकाको यकिन सङ्ख्या भने खुलाएको छैन।चीनमा कोभिड सङ्क्रमणबाट मर्नेको सङ्ख्या बढेपछि भारतमा चिन्ता बढेको छ।डब्लुएचओले जाडो बढिरहेको देशले सतर्कता अपनाउनुपर्ने बताएको छ।