कैलाली र कञ्चनपुरमा लागुऔषधसहित ६ जना पक्राउ
2023/12/28, 11:23
 
ss

कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । लागुऔषधसहित ६ जनालाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

कैलालीको भजनी नगरपालिका, गोदावरी नगरपालिका, कञ्चनपुरको भीमदत्त र कृष्णपुर नगरपालिकाबाट उनीहरुलाई पक्राउ गरिएको हो ।  भजनी नगरपालिका-३ मोरीयाघाटबाट ३ ग्राम ४० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित लम्कीचुहा नगरपालिका(१ भुरुवाका २२ वर्षीय दिनेश चौधरीसहितका दुई जनालाई पक्राउ गरिएको छ ।

जिल्लाको गोदावरी नगरपालिका( ३ चौकीडाडाँबाट २२० मिलिग्राम खैरो हेरोइनसहित कञ्चनपुरको कृष्णपुर नगरपालिका-६ गजरौलाका २६ वर्षीय राजेश लुहार, भीमदत्त नगरपालिका-४ को २ नम्बर गल्लीबाट ०.२४ ग्राम खैरो हेरोइनसहित सोही ठाउँका १८ वर्षीय किशोरसमेतका दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कृष्णपुर नगरपालिका-८ रैकवार बिचुवाबाट ३४७ ग्राम खैरो हेरोइन सहित सोही ठाँउ बस्ने २८ वर्षीय हरिश भण्डारीलाई पनि पक्राउ गरिएको छ ।  पक्राउ गरिएका व्यक्तिको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।