
कैलालीमा बाक्लो हुस्सु लागेको छ । पुस दोस्रो साताबाट कुहिरो लाग्न सुरु भएको हो । यसअघिसम्म यहाँको मौसम सफा रहेको थियो । बिहानैबाट घाम लाग्दा जाडो यामजस्तो महसुस हुन सकेको थिएन।

हिजो ९बिहिवार० देखि बाक्लो कुहिरो लागेपछि चिसो बढेको महसुस भएको छ । मौसमसम्बन्धी जानकार धरमराज उप्रेतीले पश्चिम तराईमा हुस्सु लागेको बताए ।
उनका अनुसार भारतको हरियाणादेखि उत्तरप्रदेशसहित नेपालको पश्चिम तराईमा बाक्लो हुस्सु लागेको छ । दिउँसोतिर खुल्दै जाने भए पनि आगामी केही दिन बिहान, साँझ हुस्सु लाग्ने र तराईमा चिसो हुने उनको भनाइ छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/17, 1:45
2024/11/29, 12:12
2021/05/01, 5:21
2021/11/23, 11:04
2020/09/05, 6:09