धनगढी रंगशालामा बृहत् लाइभ देउडा दोहोरी हुने
2023/12/31, 8:27
 
ss

कैलालीको धनगढीमा बृहत् लाइभ देउडा दोहरी हुने भएको छ। देउडा संस्कृति संरक्षण प्रतिष्ठानले धनगढीमा शनिवार पत्रकार सम्मेलन गर्दै पुष १५ को अवसर पारेर भोलि आइतबार धनगढी रंगशालामा बृहत् लाइभ देउडा दोहरी हुने जनाएको हो।

सुदूरपश्चिमको देउडा संस्कृति र मौलिकताको संरक्षण गर्ने हेतुले धनगढीस्थीत कबर्ड हल ९रंगशाला० मा बृहत् लाइभ देउडा दोहोरी दिउँसो १२ बजे देखि सुरु हुने जनाएको हो । लाइभ देउडा दोहरी कार्यक्रममा करिब दुई हजार भन्दा बढी देउडा प्रेमीले देउडा खेल्ने अनुमान गरिएको देउडा संस्कृति संरक्षण प्रतिष्ठानका प्रदेश अध्यक्ष ध्रुव बहादुर सिंहले बताए। उनका अनुसार करिब चार सय भन्दा बढी देउडियाहरुको उपस्थिति रहने छ।

सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी प्रमुख अतिथि रहने प्रतिष्ठानका प्रदेश अध्यक्ष सिंहले बताए। सो कार्यक्रममा विभिन्न १५ वटा विद्यालयहरूले आर्थिक सहयोग गरेको देउडा संस्कृति संरक्षण प्रतिष्ठानले जनाएको छ। देउडा कार्यक्रममा स्थानीयलाई बढी प्राथामीक्ता दिइने आयोजकले बताए। बरिष्ठ देउडा गायक नरेन्द्र राज रेग्मीले मौलिक संस्कृतिलाइ जोगाई राख्न हामी सबैको हाते मालो हुन आबश्यक रहेको बताए। यो परम्परा यहाँ मात्र नभएर देशको राज्धानी काठमाण्डौको टुडीखेलमा देउडा खेलेर सुदूरपश्चिमको पहिचान झल्काउने उनको भनाई छ।