बझाङमा पहिरोमा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति दिईने
2020/07/06, 7:20
 
pahiro

बझाङमा पहिरोमा परेर मृत्यु भएकाको परिवार र घरमा क्षति भएकालाई क्षतिपूर्ति उपलव्ध गराइने भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले पहिरोमा ज्यान गुमाएकाको परिवारलाई एक लाख र क्षति भएका घरका परिवारलाई १० हजारका दरले तत्काल राहत रकम उपलब्ध गराइने बताए ।

जिल्ला विपद् व्यवस्थापन कोषबाट रकम उपलब्ध गराइने उनले बताए । ‘सोमबार राहत रकम घरमै पु¥याउछौं,’ उनले भने ।