
प्रहरीले कैलाली र कञ्चनपुरबाट एक लाख बढी मूल्यका भन्सार छलिका सामान बरामद गरेको छ । धनगढी उपमहानगरपालिका २ कृष्णनगरमा अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ६५ हजार ७ सय ६० मूल्य बराबरको सुर्ति, तमाखु, चिनी, सोडा, चामल, आन्टिलगायतका सामान बरामद गरिएको हो ।

धनगढी उपमहानगरपालिका ३ पुरानो भन्सार रोडबाट अन्दाजी ४९ हजार ५ सय मूल्य बराबरको सिमला मिर्च, हरियो मटर, प्याज, कागती लगायतका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
त्यस्तै, कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका १ चक्कि बजारबाट अन्दाजी ४ हजार २ सय ५० मूल्य बराबरको चिनी बरामद गरिएको छ । बुधवार साँझ प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी उक्त सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/28, 7:33
2021/08/16, 9:20
2022/05/31, 2:16
2023/01/25, 5:37
2024/12/09, 12:15