कैलालीमा होटल सञ्चालकसहित तीन जना पक्राउ
2024/01/07, 1:58
 
aa

कैलालीमा प्रहरीले पाँच किलो लागुऔषधसहित तीन जना पक्राउ परेका गरेको छ । जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ५ खानीडाँडास्थित झालपोखरीमा रहेको एक होटलबाट चार किलो लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ५० वर्षीय होटल सञ्चालक गोरे जाग्री, बझाङको बुङगल नगरपालिका वडा नम्बर १ का ३८ वर्षीय कर्णबहादुर धामी र वडा नम्बर २ का ३३ वर्षीय अमर धामी लागुऔषधसहित पक्राउ परेका हुन् ।

गोप्य सूचनाको आधारमा होटल सञ्चालकसहित तीन जनालाई पक्राउ गरेको प्रहरीको भनाइ रहेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, इलाका प्रहरी कार्यालय मालाखेती, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट खानीडाडाबाट खटिएको संयुक्त प्रहरी टोलीले होटेलमा खानतलासी गर्दा लुकाएर राखेको अवस्थामा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीले एक थान तराजु, एक किलोको ढक एक थान र आधा किलोको ढक एक थान समेत बरामद गरिएको छ । यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।