कैलालीको गोदावरीमा एक गोठमा आगलागी, तीन लाखको क्षती
2024/01/08, 1:14
 
dd

आईतवार दिउँसो कैलालीको गोदावरीमा एक गोठमा आगलागी भएको छ। कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ मझगाउ बस्ने श्यामलाल चौधरीको २ तले ६ कोठे कच्चि गोठमा आगो ताप्ने क्रममा आगलागी भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आगलागी हुँदा गोठ भित्र रहेका चम्फा ट्याक्टर, काठ, भुसा पराल, पाईप लगायतका सामान गरी अन्दाजी तीन लाख बराबरको धनमाल जलेर नष्ट भएको छ। उक्त आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो । प्रहरीले आगलागी सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।