सुदूरपश्चिम प्रदेश सभाः तीन समितिका लागि मनोनयन दर्ता, लेखा समितिमा अन्योल
2024/01/09, 2:40

सुदूरपश्चिम प्रदेश सभाको विषयगत तीन समिति सभापति पदमा मनोनयन दर्ता भएको छ। चार वटा समिति रहेको प्रदेश सभामा तीन समितिमा सभापति पदका लागि मनोनयन दर्ता भएको हो।

प्रदेशको विधायन तथा प्रदेश मामिला समितिमा सभापतिका लागि दिवानसिंह विष्ट, सामाजिक विकास समितिमा माया पन्त र अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिमा घनश्या चौधरीले दर्ता गराएका हुन्।
प्रतिपक्षी दलको भागमा परेको सार्वजनिक लेखा समितिमा मनोनयन दर्ता हुन सकेको छैन। सार्वजनिक लेखा समितिमा नेकपा एमालेको तर्फबाट वीरबहादुर थापा सभापतिको दाउमा छन्।

तर, सत्तापक्ष दलहरू प्रस्तावक र समर्थक बस्न नमानेपछि समस्या भएको हो। राप्रपाले पनि सार्वजनिक लेखा समितिमा दाबी गरेको छ। यहाँ राप्रपाको एक सांसद छन्।
2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/14, 9:36
2022/12/01, 12:17
2021/06/26, 5:11