सार्वजनिक स्थलमा दाउरा वितरण गर्न मन्त्रालयको निर्देशन
2024/01/09, 4:32
 
dd

बढ्दै गरेको चिसोका कारण जनजिवन प्रभावित हुन नदिन दाउरा वितरण गर्न उधोग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको निर्देशन दिएको छ ।मातहातका डिभिजन वन कार्यालयलाई मन्त्रालयलाइ पत्राचार गर्दै सार्वजनिक स्थलमा दाउरा वितरण गर्न निर्देशन दिएको हो ।

जाडो याममा हुन सक्ने सम्भावित हिमपात तथा तराई क्षेत्रमा बढ्‌दै गईरहेको शितलहरले नागरिकको जनजीवन प्रभावित भईरहेको सन्दर्भमा कार्यालयहरुबाट सार्वजनिक स्थलमा आगो बाली ताप्ने व्यवस्थाको लागि नियमानुसार प्रभावकारी रुपमा दाउरा वितरण कार्य गरी दिन हुन भनी  पत्रमा उल्लेख छ ।

तराइमा न्युनतम ६ डिग्रीदेखि अधिकतम २२ डिग्री रहेको छ ।