कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
2024/01/10, 11:55
 
zjgfjihifdhgtsd

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका ३ भन्सार कार्यालय नजिकबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ६५ हजार ५ सय मूल्य बराबरको चिनी, प्याज, कस्मेटिक लगायतका सामान मंगलवार साँझ प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका ७ बरैयाबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी २८ हजार मूल्य बराबरको माछा मंगलवार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी उक्त माछा नष्ट गरेको कञ्चनपुर प्रहरीले जनाएको छ।