प्रदेश सभाका चार समितिका सभापतिद्वारा सपथग्रहण
2024/01/10, 3:52
 
ss

 सुदूरपश्चिम प्रदेश सभाका चार समितिका सभापति बुधबार निर्विरोध रुपमा निर्वाचित भएका छन् । चारै जनाको सपथग्रहण समेत भएको छ । प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले एक कार्यक्रमका बिच चारै जना सभापतिलाई पद तथा गोपनियताको सपथग्रहण गराएका हुन् ।  

निर्विरोध निर्वाचित हुनेमा विधायन तथा प्रदेश मामिला समितिमा दिवानसिंह विष्ट, सार्वजनिक लेखा समितिमा वीरबहादुर थापा, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा नागरिक उन्मुक्ती पार्टीका घनश्याम चौधरी र सामाजिक विकासमा समाजवादीले माया पन्त छन् ।

निर्वाचित सभापतिहरुमा विष्ट नेपाली कांग्रेस, थापा नेकपा एमाले, चौधरी नागरिक उन्मुक्ती र पन्त नेकपा एकीकृत समाजवादीका प्रदेश सभा सदस्य हुन्।
 
उनीहरुले मङ्गलबार सभापति पदमा मनोनयन गरेका थिए । नेकपा माओवादी केन्द्रले भने प्रदेश सभा बैठक सञ्चालन भएपछि बन्ने विशेषाधिकार समितिको सभापति पाउने सहमति सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र नाउपाबिच भएको छ ।