धनगढीमा श्री कलेज धनगढी कप फुटबल प्रतियोगिता हुने
2024/01/10, 5:46
 
dd

धनगढीमा श्री कलेज कप फुटबल प्रतियोगितामा हुने भएको छ। लिटिल फ्लावर स्पोर्टस क्लब धनगढीको आयोजना  र श्री कलेज अफ म्यानेजमेन्ट काठमाडौँको मुख्य प्रायोजनमा प्रतियोगिता हुन लागेको पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएको छ । 

प्रतियोगिता फागुन ५ गतेबाट फागुन १२ गते सम्म धनगढी रंगशालामा सञ्चालन गरिने छ । प्रतियोगितामा कक्षा १२ सम्म पढाइ हुने विद्यालय र कलेजहरुले सहभागीता हुन पाउने लिटिल फ्लावर स्पोर्टस क्लबका अध्यक्ष रामचन्द्र शाहीले बताए ।

प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले नगद २५ हजार साथै मेडल , ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन, भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ६ हजार, उत्कृष्ट गोलकिपरले नगद ३ हजार, उदयमान खेलाडीले नगद ३ हजार र प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ५ सयका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने लिटिल फ्लावर स्पोर्टस क्लबका अध्यक्ष शाहीले बताए।

प्रतियोगितामा कुल ११ लाख खर्च हुने अनुमान गरिएको र १६ ओटा टिमको सहभागीता रहने आयोजकले जनाएको छ ।