नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशन आजदेखि
2024/01/11, 12:55
 
dd

नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशन आज बिहीबार देखि सुरु हुँदैछ। कैलालीको टीकापुरमा हुने पुस २८ गतेसम्म चल्नेछ।

महाधिवेशनको उद्‌घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने बताइएको छ। महाधिवेशनमा देशभरबाट १ लाख ५० हजार नागरिकको सहभागिता रहने पार्टीले जनाएको छ। महाधिवेशन ८ हजार प्रतिनिधि रहने पार्टीले जनाएको छ। 

पार्टीका संरक्षक रेशमलाल चौधरीले महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएका छन्। अधिवेशनको बिहीबार दिउँसो उद्घाटन हुने र बिहीबार नै रातिदेखि बन्द सत्र सुरु हुने छ। 

अधिवेशन व्यवस्थापनका लागि विभिन्न २३ वटा उपसमिति गठन गरिएको छ। उद्घाटन कार्यक्रममा सहभागी हुन आउने पार्टीका नेता कार्यकर्ता र पाहुनाहरू टीकापुर पुग्ने क्रम जारी रहेको सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री समेत रहेका उन्मुक्ति पार्टीका नेता रामेश्वर चौधरीले जानकारी दिए।