
कैलालीमा चोरहरुको बिगबिगी बढेको छ। सहरी क्षेत्र हुँदै ग्रामीण भेगसम्मै चोरी हुनेक्रम बढेको छ। पौष २० गते चोरहरुले दुई घरबाट साढे ९ तोला सुन, ४६ हजार नगद र चाँदीका गरगहना समेत चोरी गरेको पीडितले गुनासो गरेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको आफ्नो घरबाट तीन तोला सुन, ४२ हजार नगद र ५ तोला चाँदी चोरी भएको तीर्थराज न्यौपानेले बताएका छन्।

‘आफु बुटवलबाट धनगढी घर आउँदा घरभित्र रहेका सबै गरगहना र नगद चोरी भएको पाए, प्रहरीलाई खबर गरे पनि अहिलेसम्म चोरी भएको सुन फेला परेको छैन्।’ त्यस्तै साढे ६ तोला सुन र चार हजार नगद कैलालीकै एक अर्को घरबाट पनि चोरी भएको छ। यही पौष २० गते रातिको समयमा गौरीगंगा नगरपालिका वडा नम्बर १ चौमालास्थित प्रकाश थापाको घरबाट साढे ६ तोला सुन र नगद चोरी भएको हो।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/14, 9:36
2022/12/01, 12:17
2021/06/26, 5:11