
बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिला घाइते भएकी छिन् । जिल्लाको केदारस्युँ गाउँपालिका–९ लामेकी ४५ वर्षीया गौमती देवी धामी शुक्रबार लामेभिर भन्ने जंगलमा घाँस काट्ने क्रममा भिरबाट लडेर घाइते भएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार उनलाई स्थानीय स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि जिल्ला अस्पताल बझाङ लगिएको थियो । जिल्ला अस्पतालमा पनि उपचार सम्भव नभएपछि उनलाई धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/08, 10:24
2023/04/21, 11:30