कैलालीको गोदावरी धाममा स्नान गर्ने भक्तजनको घुँइचो
2024/01/15, 2:49
 
ss

कैलालीको गोदावरी धाममा मकर सङ्क्रान्तिका अवसरमा लाग्ने मेला आजदेखि सुरु भएको छ। आज मकर अर्थात माघी संक्रान्तिको अवसरमा विहानै देखि गोदावरीमा स्नान गर्ने भक्तजनहरुको भिड लागेको हो।

दर्शनार्थीहरुले गोदावरी धाममा स्नान, पूजा पाठ यज्ञ अनुष्ठान, विवाह व्रतबन्ध, पुराण परायण ,लक्ष्य हवन लगाएतका धार्मिक कार्यहरु गर्ने गर्छन्। यस्तै मकर संक्रान्तिका अवसरमा आज देखि बाह्रराशी दर्शन मकर मेला सुरु भएको छ। १२ दिन सम्म चल्ने उक्त मेलाको हिजो सुदुरपश्चिमका प्रदेश प्रमुख देबराज जोशीले उद्घाटन गरेका थिए।

धार्मिक परम्परा अनुसार माघको पहिलो दिन नजिकको तलाउ कुण्ड मा गएर स्नान गर्ने प्रचलन रहेको छ। गोदावरीमा माघ महिनामा स्नान गर्ने भक्तजनहरुका लागि स्नान कुण्डसहित अन्य धार्मिक संरचनाहरु बनाइएको छ। गोदावरी धाममा रातिदेखि नै स्नान तथा दर्शन गर्ने भत्तजनहरुको भिड लागेको जनाइएको छ। गोदावरी नगरपालिकाले आज निःशुल्क बसको व्यवस्था गरेको छ । नगरप्रमुख बिरेन्द्र भट्टले मेलामा सहभागि जान आउन सहज होस भनेर अत्तरियाबाट ६ वटा बसको व्यवस्था गरेको बताए।