तीन महिनापछि भेटिए चेतन
2024/01/16, 9:32
 
aa

 अछामको पञ्चदेवल विनायक नगरपालिकाका एक युवक  हराएको झण्डै तीन महिनापछि फेला परेका छन् । गत कात्तिक ७ गतेदेखि हराएका विनायक नगरपालिका –५ ९साबिकको ल्याटी गाविस–२० बस्ने बिर्खबहादुर शाहीका १८ वर्षीय छोरा चेतन शाही सम्पर्कमा आएका हुन् ।

गत मङ्सिर २५ गते सञ्चारमाध्यममा ‘दुई महिनादेखि युवक वेपता’ शीर्षकमा समाचार प्रकाशन तथा प्रशारणपछि चेतन भारतको नानपारामा पुगेको खबर घर परिवारलाई आएको थियो । त्यसपछि आफन्तले चेतनको उद्धार गरी घर ल्याएको छ । वडा नं ५ का वडाध्यक्ष हेमबहादुर शाहीले युवकको खोजीका लागि सार्वजनिक सूचना जारी गरेका थिए ।

उनले कसैले भेटेमा नजिकको प्रहरी कार्यालय वा मोबाइल ९७४४२९८००६ र ९७४२२०३०७८ मा खबर गरिदिन अपिल गर्नुभएपछि सोही नम्बरमा फोन आएकाले नेपालगन्ज रुपैडियादेखि भारततर्फको २० किलोमिटर टाढाबाट युवकको उद्धार गरिएको बताए ।

चेतनका आफन्त देविन्द्र बमले छोरा हराएदेखि आमा बेहोस भएको बताए। वेपत्ता चेतनका खोजी गर्दा पनि नभेटिएपछि परिवारका सदस्यहरू चिन्तित भएका बेला समाचार प्रकाशन भएको थियो । बेपत्ता चेतन घर पुगेको आज ९मङ्गलबर० तीन दिन भएको आफन्त बमले जानकारी दिए।