भएको पुल भत्काएर तीन करोडको ठेक्का
तीन वर्षसम्म पुल नबन्दा स्थानीयवासीलाई सास्ती
2024/01/16, 10:06
 
dd

 तीन वर्ष अगाडिसम्म कैलालीको धनगढी उपमहानगरपालिका–१६ स्थित थारू होम स्टे गाउँ भादास्थित घुरही नालामाथि पक्की पुल थियो । तर सो पुल सानो र होचो भएको भन्दै धनगढी महानगरपालिकाले अर्को पुल निर्माणका लागि टेन्डर आह्वान गर्यो ।

टेन्डर भयो । निर्माण कम्पनीले काम पनि थाल्यो । भएको पुल भत्काइयो । नयाँ पुलका लागि नालामा पिल्लरका लागि गहिरा गहिरा खाल्डा खनियो । तर खाल्डो खनेपछि भने निर्माण कम्पनी नै सम्पर्कविहीन बनेपछि स्थानीयलाई निकै सास्ती भएको हो ।

२०७८ कात्तिक १६ गते धनगढी उपमहानगपालिका र टेडी मित्र जेबीबिच भ्याटसहित तीन करोड दुई लाख ५४ हजार रुपैयाँमा ठेक्का सम्झौता भयो । २०८० असोज मसान्तमा सो टेन्डरको समय पनि सकिएको छ । तर तीन वर्षसम्म पुल नबनेपछि भादा, तिलकपुर, घसिटालगायतका ठाउँका बसिन्दाका साथै धनगढीबाट कैलारी गाउँपालिका आउजाउ गर्न निकै कठिन भएका हो ।

थारू गाउँ भादा होम स्टे व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले भने, ‘भएको पुल पनि रहेन । नयाँ पुल पनि बनेन । ठेक्काको म्याद पनि सकियो तर ठेकेदार नै गायब भइदिए । पुल नहुँदा पाउने सास्तीको कुरै नगरौँ । धनगढी उपमहानगरपालिकामा पटक पटक गुनासो पोखियो तर कुनै सुनुवाइ नै हुँदैन ।’

पुल नभएपछि ओहोरदोहोर गर्नेहरू कि त घुमाउरो बाटो प्रयोग गर्नुपर्छ, कि तल रहेको जीर्ण काठेपुल प्रयोग गर्नुपर्ने बाध्यता छन् ।पुल बन्न नसकेपछि सुदूरपश्चिमको एक मात्र ठुलो क्षमता सामुदायिक होम स्टे भादालाई प्रत्यक्ष असर पुगेको स्थानीय बताउँछन् ।

नजगचबजष् उयय
ि
भादाका भलमन्सा सन्तराम चौधरीले भने, ‘पुल नहुँदा होम स्टेमा आउने पहुनाहरू भत्किने गर्छन् । यहाँ आउने पहुना अर्कै ठाउँ पुग्छन् । बाटो नहुँदा केही त बाटोबाटै फर्किने गरेका छन् । यसको प्रत्यक्ष असर होम स्टेलाई परेको छ ।’

मुख्यमन्त्री शाहले बाटो भुलेपछि।।।
हालै सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले भादा गाउँ जाने क्रममा पुल नभएपछि घुमाउरो प्रयोग गर्दै गर्दा तनाव झेल्नुपरेको थियो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिजले पुस २६ गते भादा होमस्टेमा आयोजना गरेको राष्ट्रिय भेलालाई उद्घाटन गर्न जाने क्रममा उनी समस्या झेल्नुपरेको थियो । मुख्यमन्त्री शाह निकै विलम्बका साथ कार्यक्रम स्थलमा पुग्दा उनको अर्को निर्धारित कार्यक्रम ढिलो हुन पुगेको बताइन्छ ।’

उता धनगढी उपमहानगरपालिकाले निर्माण कम्पनीले समय अवधिभित्र काम सम्पन्न गर्न नसकेपछि ठेक्का म्याद चालु आर्थिक वर्षको असारसम्मका लागि थप गरेको छ । धनगढी उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर द्विजराज भट्टले काम पूरा नभएछि कानुन अनुसार ठेक्का म्याद थप गरेको बताए । अझै काम गरे ठेक्का तोडेर कारबाही गरिने उनको भनाइ छ । रातोपाटीबाट