अभिषेकलाई पीडामाथि पीडा
2024/01/17, 1:52
 
dd

आफुभन्दा ठुला मान्छेहरु भेट्दा ‘नमस्ते हजूर’ भन्दै आदरपुर्वक गफगर्न खप्पीस बैतडीका अभिषेक लुहार गोकुलेश्वर स्थीत एक पोलिक्लिनिकमा डाँको छोडेर रुदैँ ‘ऐया बाबा‘मरे बाबा‘’ भन्दै डाँको छाडेर रुदैँ थिए ।

बेलाबेलामा ‘बुवा‘’ भन्दै रोइरहेका अभिषेकका बुवाको भने तिनबर्ष अघिनै चट्याङ लागेर मृत्यु भइसकेको छ । दुहुनो भैँसी किनेर ल्याउन भन्दै छिमेकी धामीगाउँ गएका अभिषेकका बुवा महेशको २९बर्षको उमेरमा चट्याङ लागेर मृत्यु भएको थियो भने, उनले ल्याएको भैसीपनि मरेको थियो ।

बैतडीकोे डिलाशैनी गाउँपालिका वडा न।५ बिनाबत्थीका ७ बर्षीय बालक अभिषेक लुहार जलेर घाइते भएका हुन् । गाईबस्तुका लागि पकाएको कुडोमा परेर घाइते भएका उनको उपचारमा आर्थिक समस्या भएको छ ।

पतिको सानै उमेरमा मृत्यू भएको र घरका सबैजना बेरोजगार रहेकाले छोराको उपचारमा समस्या भएको अभिषेककी आमा शान्ती लुहारले बताए । “तीन बर्षअघि ७० हजार रकममा किनेको भैसी र मेरा पतिको चट्याङका कारण एकै चिहान भएको हो, ज्याला मजदुरी गरेर गुजारा गर्दैआएको परिवार हो । पतीको मृत्यूपछि दैनिक छाकटार्न समस्या भएको छ, मेरो एकै छोरा हो, उसैको मुख हेरेर बसेकी थिएँ, अहिले उसकोपनि पुरै शरीर जलेर हेर्नै डर लाग्दो भएको छ पीडामाथी पीडा थपिएको छ, छोराको उपचारगर्न एकपैषा छैन् ।” शान्तीले भनिन् ।

जलेका व्यक्तिहरुको स्थानिय स्वास्थ्य संस्थामा भरपर्दो उपचार नहुने र टाढाका अस्पताल लैजान आर्थिक अभाव भएको अभिषेकका काका सुरेश बताउँछन् । “हामीसंग उपचार खर्च छैन्, कतैबाट ऋण पनि पाइदैँन्, दाईको मृत्यु हुनुअघि उहाँले नै परिवारको गुजारा चलाउनु भएको थियो । अहिले मजदुरी गरेर जिवन चलाउछौँ तर यो ठाउँमा मजदुरीपनि सबैबेला पाइदैँन्, बालकको उपचार कसरी गर्ने केहि सोच्नै सकेका छैनौँ ।” उनले भने ।

शनिबार कुडोमा परेर जलेका बालक अभिषेकको गोकुलेश्वर दार्चुला स्थीत पोलिक्लिनिकमा प्राथमिक उपचार गरिएको छ । प्राथमिक उपचार खर्च समेत नभएपछि वडाअध्यक्ष यज्ञराज भट्टले आर्थिक सहयोग गरेका छन् । गाउँपालिका प्रवक्ता समेत रहेका वडाअध्यक्ष भट्टले गाउँपालिकाबाट एम्वुलेन्सको व्यवस्थाको पहल गरिदिएको बताए ।

गाउँपालिका अध्यक्ष सन्तोश प्रकाश जोशीले पालिकाबाट उपचारमा धेरथोर आर्थिक सहयोग गरिने भएपनि तत्कालका लागि आवश्यक उपचार गराउन सुझाव दिए । अभिषेकको जलेर हात तथा पेटको छाला खुइलिएको छ ।

परिवार पाल्ने छोराको चट्याङबाट मृत्यु र नाती जलेर घाइते भएपछि ७० बर्षिय हरी लुहार पीडामा परेकाछन् । गाउँमा ‘आरन व्यवसाय’ चलाएर बसेका हरी आफ्नो पीडामाथी पीडा थपिएको सुनाउछन् । “गाउँलेहरुका भाडाँकुडाँ निर्माण र मर्मतको काम गरेर दैनिक छाकटार्न पुग्दैन्, विगतमा छोराले खच्चर चलाएर जिविकोपार्जनको व्यवस्था भएको थियो ।

परिवारको साहाराको रुपमा रहेको छोरा अकालमै बितेपछि दुःखका दिनहरु चल्दै गए । अहिले नावालक नातीको पुरै शरीर जलेको छ । कसैले हामी गरीवलाई उपचारका लागि आर्थिक सहयोग गरिदिएमा आभारी हुनेथियौँ ।” हरी दुखेसो सुनाउछन् “हामी गरिवको पीडामा कसले मलम लगाइदेला रु” उनले सहयागी दाताहरुलाई अभिषेकको उपचारमा आर्थिक सहयोग गरिदिन आग्रह गरे ।