धनगढीको एक घरमा आगलागी हुँदा १० लाखको क्षति
2024/01/21, 1:32
 
dd

धनगढीको एक घरमा आगलागी हुँदा दश लाखको क्षति भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ ‘ए’ गाउँका ३५ वर्षीय त्रिलोक सिंहको घरमा आगलागी भएकाले दश लाखको क्षति भएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार सिंहको काठले बनेको तीन कोठे घरमा आगो लागेर अन्नपात, भाँडावर्तन, लता कपडा लगाएतका सामान जलेका हुन्। मानवीय तथा चौपायाको भने क्षति भएको छैन। स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रण गरिएको थियो।