वडा कार्यालयको ताला तोडेर गाउँपालिका अध्यक्षद्वारा कागजात कब्जा
2020/07/06, 6:53
 
tala

अछामको ढकारी गाउँपालिका अध्यक्ष धनबहादुर बुढाले वडा नम्बर ५ को कार्यालयमा लगाएको ताला तोडेर महत्वपूर्ण कागतजातहरु कब्जामा लिएको आरोप लागेको छ।सोमबार प्रेस विज्ञप्ति जारी गरेर वडाअध्यक्ष रामबहादुर बुढाले कार्यालयको ताल्चा तोडेर महत्वपूर्ण कागजातहरु कब्जा गरेकोप्रति आपत्ति प्रकट गरेका छन्। 

वडा सदस्यहरुको उपस्थिति विना वडा कार्यालयको ताला तोडेर कागजातहरु कब्जामा लिनु गाउँपालिकाका अध्यक्षको गैरजिम्मेवारी कार्य भएको वडा अध्यक्ष बुढाले जारी गरेका विज्ञप्तिमा भनिएको छ। जनताबाट निर्वाचित भएका जनप्रतिनिधिको अपमान गर्नु भनेको आम जनतामाथिको अपमान भएको विज्ञप्तिमा भनिएको छ।  

सार्वजनिक बिदाको दिन गाउँपालिका अध्यक्षले गरेको कार्य आपत्तिजनक रहेको र तत्काल नसच्चाए कानूनी कार्वाहीको लागि अघि बढ्ने अध्यक्ष बुढाद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।

pewss