कैलालीको खमौरामा शक्तीको आडमा बनेका योजना प्रयोग बिहिन
2024/01/22, 12:15
 
dd

४ वर्ष अधि कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० को खमौरा शिविर जोड्ने कल्भर्ट बन्ने भएपछि स्थानीय हर्षित थिए । रातोपानी र दुधेपानी मिलेर बनेको उक्त खोला तर्न कल्भर्ट निर्माण पछी सहज हुने उनीहरुको आसा थियो ।

तर त्यो आसा अहिलेसम्म आसामै सिमित छ । ४ वर्ष अघि नगरपालिकाको २२ लाख बजेटमा निर्माण भएको उक्त कल्भर्ट प्रयोग समेत नआउँदै भत्किएपछि स्थानीयलाइ अहिलेपनि खोला तर्न उस्तै समस्या छ । ूपहिलो कुरा त त्यहाँ बाटो नै निश्चित गरिएको थिएन,कल्भर्ट बनाएर सडक खोल्ने पो हुन् कि जस्तो लागेको थियो तर न बाटो बन्यो,न कल्भर्ट प्रयोगमै आयो एक स्थानीयले भनिन् बरु प्रयोगमै न आउँदै त्यसै बर्षामा कल्भर्ट भत्कियो ।

वर्षायाममा सो खोलामा पानीको सतह बढी हुने भएकाले आवात९जावतनै बन्द हुने अवस्था हुने गरेको स्थानीयहरु बताउछन्। शिविरबाट अत्तरिया बजारसम्म किनमेल गर्न आउने तथा विद्यार्थीलाई विद्यालय जान पनि कठीनाई हुने गरेको उनिहरुको गुनासो छ। सहज आवतजावतका लागि बनाईएको पुल भत्कीए पछि सरकारी रकम बालुवामा पानी हाले झै भएको स्थानीयको आरोप छ।

सो क्षेत्रमा सहज आवत जावतका लागि पुल निमार्ण गरि दिनु पर्ने उनीहरुको माग रहेको छ। गोदावरी नगरपालिका वडा नम्बर १० का अध्यक्ष रविन्द्र शाहीले सो पुल आफु संग समन्वयनै नगरी बनाएको बताए । तत्कालीन नगर प्रमुख हरी सिंह साँउदले अर्कै ठाउँको लागि आएको योजना एकलौटी गरेर दुरुपयोग गरेको उनको भनाई छ। निमार्णका बेला कुनै समन्वयनै नभएका कारण कल्भर्ट प्रयोगहिन बनेको उनले बताएका छन्।