सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैधनाथ बाहिनीले मनायो २३ औं स्थापना दिवस
2024/01/23, 3:35
 
dd

सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैधनाथ बाहिनी मुख्यालयले आफ्नो २३ औं स्थापना दिवस मनाएको छ । मंगलबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको प्रमुख आतिथ्यतामा बाहिनीले स्थापना दिवस मनाएको हो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले देशको शान्ती सुरक्षामा सशस्त्र प्रहरीको भुमिका अहम रहेको बताए । उनले देशमा शान्ति सुरक्षा, अमनचयन कायम गर्न सशस्त्र प्रहरीले छोटो समयमा महत्वपुर्ण जिम्मेवारी निर्वाह गरेको बताए । यस अवसरमा संस्था र राष्ट्रप्रतिको कर्तव्य पुरा गर्ने सिलसिलामा दिवंगत भएकाहरु प्रति उनले श्रद्धाञ्जली व्यक्त गरे ।

सिमासुरक्षा, अपराधिक गतिविधि नियन्त्रण, महत्वपुर्ण संरचनाहरुको सुरक्षा, मानवअधिकार, लैगिंक हिंसा लगायत देशका नागरिकलाई सुरक्षाको प्रत्याभुति दिलाउन सशस्त्र प्रहरी बल सफल भएको उनको भनाई छ । कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ वाहिनी मुख्यालय कैलालीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरिक्षक कुमार न्यौपानेले देशको सुरक्षाका लागि सशस्त्र प्रहरी बल प्रतिबद्ध रहेको बताए । उनले सशस्त्र प्रहरी दिवसको पुर्वसन्ध्यामा वैद्यनाथ बाहिनी तथा मातहतका गणहरुबाट विभिन्न किसीमका सामाजिक कार्यहरु गरिएको समेत बताए ।

उनले सामाजिक हितका लागि वाहिनी तथा मातहतका कार्यालयहरुले रक्तदान कार्यक्रम तथा स्वास्थ्य शिविर आयोजना गरिनुका साथै लागु औषध न्यूनिकरण, मानव अधिकार तथा विपद् व्यवस्थापन सम्बन्धी विभिन्न स्कुल, कलेज, क्लब तथा समुदायहरुमा जनचेतनामुलक कार्यक्रमहरु आयोजना गरिएको बताए । उनले अझै पनि सशस्त्र प्रहरी बल देश र जनताको सुरक्षाको लागि कटिबद्ध रहेको बताए ।

कार्यक्रममा स्थापना दिवसको पुर्वसन्ध्यामा आयोजित विभिन्न प्रतियोगिताहरुमा उत्कृष्ट ससस्त्र प्रहरी जवानहरुलाई पुरस्कृत गरिएको थियो । दिवसको अवसरमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी जवानहरुले सुदूरपश्चिमका कला संस्कृती झल्कने विभिन्न सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए । मुख्यालयको स्थापना २०५८ साल चैत २२ गते भएको थियो । सोही उपलक्ष्यमा मुख्यालयले गत बर्ष देखि स्थापना दिव मनाउन थालेको हो ।