नेकपा अध्यक्ष ओली र प्रचण्ड पक्षधर बिच लम्कीमा कुटाकुट (भिडियो सहित)
2020/07/06, 7:28
 
kutakut

युवराज न्यौपाने- नेकपा अध्यक्ष केपि शर्मा ओली र प्रचण्ड पक्षधर बिच कैलालीको लम्कीमा झडप भएको छ । नेकपा अध्यक्ष केपि शर्मा ओली पक्षधरहरुले आज दिउसो करीब ५ बजेतिर लम्कीचोकमा प्रधानमन्त्री पदको बचाउ गदै र्याली सहित कोणसभा गरि रहेको समयमा प्रचण्ड पक्षधरहरु एकएक आएर आक्रमण गरेपछि स्थीति तनावग्रस्त भएको हाे ।

सचेत नागरीक समाज लम्की, कैलाली नामक संस्थाको ब्यानरमा केपि शर्माओलीको फोटो सहित नेपालको नयाँ नक्सा राखेर दुई दर्जन बढी युवाहरुको सहभागितामा लम्की चौराहामा प्रर्दशन समेत गरेका थिए । देशको मुहार फेर्नु छ साथि, पार्टि भन्दा राष्ट्र माथि, राष्ट्रीय स्वाभिमान कायम गर, बैदेशिक हस्तक्षेप बन्द गर लगायतका नारा समेत लेखेका प्ले कार्ड सहित के.पि. शर्मा ओली पक्षधर युवाहरुको सहभागिता थियो । सचेत नागरीक समाजको तर्फबाट के.पि शर्माओली पक्ष निकट मानिदै आएका पत्रकार सम थापाले प्रधानमन्त्रीको बचाउ गदै गरेको भाषण लगतै बोल्न माईक समाएका लम्कीचुहाका नेकपाका नेता नरबहादुर खड्काले के.पि. शर्मा ओलीको बचाउ गदै प्रचण्डले बकमफुसे कुरा गरेको आरोप लगाएका थिए ।

दुईतिहाईको सरकारलाई आफ्नै साथिहरुले ढलाउन खोजेको भन्दै आक्रोस पोखि रहेकाबेला प्रचण्ड निकटका केहि युवाहरु खड्का माथि खनीएका थिए । के.पि. पक्षधरहरुले आफुहरुमाथि प्रचण्डका पुर्ब लडाकुहरुले नियोजित रुपमा आक्रमण गरेको आरोप लगाएका छन । माहोल साम्यपार्न प्रहरीलाई समेत हम्मे हम्मे परेको थियो । पछिल्लो समयमा नेकपा भित्र सत्ता र कुर्चिका लागि बिबाद चुलिदै गएको छ, भने पार्टि समेत फुटको अवस्थामा रहेको छ ।