
ग्लोबल आईएमई बैंक प्रदेश शाखाले प्रदेश सरकारलाई २० लाख सहयोग गरेको छ । सोमवार बैंकका प्रदेश प्रमुख मुकुन्द भट्टको नेतृत्वमा गएको बैंकका पदाधिकारीहरुको टोलीले प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई नगद २० लाख हस्तान्तरण गरिएको हो ।

प्रदेशको कोरोना नियन्त्रण कोषमा सामाजिक उत्तरदायित्व अन्तर्गत सो रकम दिईएको हो । बैकले नेपाल सरकारलाई तथा प्रदेश सरकारका साथै स्थानीय सरकारलाई पनि वैंकले सहयोग गरेको जनाएको छ ।

सिमामा मास्क सेनिटाईजर लगायतका सुरक्षा सामाग्री पनि वितरण गरिएको छ । बैंकले बर्षभरी विभिन्न समाजिक कार्यहरू गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने ग्लोबल आईएमई बैंका प्रदेश प्रमुख मुकुन्द भट्टले बताए ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/25, 4:31
2020/11/01, 6:36
2021/08/03, 10:38
2023/06/09, 1:37