सुदूरपश्चिम सरकारको एम्बुलेन्स खरिद प्रकरणः उपकरणहरु र चिकित्सा उपकरणको वारेन्टी छैन (भिडियो सहित)
2020/07/07, 8:52
 
ambullence

सुदुरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले किनेका एम्बुलेन्सहरुका विषयमा किन्नेदेखि वाड्नेसम्म दुई दर्जन वढी त्रुटी नै त्रुटी भएका छन् । प्रदेशका विभिन्न १६ वटा निर्वाचनहरुमा वितरण गरिएका एम्बुलेन्स खरिदमा मिलोमतोदेखि करौडौं अनियमितता गरिएको आरोप लाग्दै आएको छ । तर एक गल्ती लुकाउँदा अर्को गल्ती उदांगो हुँदा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, मन्त्री र कर्मचारीहरुले आफ्नै थोती फुस्किएको थाहा पाएको छैन् । 

खरिद प्रक्रियादेखि वितरणसम्म सधैं चर्चामै रहेको एम्बुलेन्स खरिद प्रकरण अहिले सार्वजनिक लेखा समितिले दुई दर्जन वढी गल्तीहरु गरिएको प्रमाण फेला पारेपछि सुदुरपश्चिमको राजनितिक फेरि गर्मराएको छ । प्रतिपक्ष र नेकपाकै फरक गुटका नेताहरु यसलाई राजनितिक वृतमा दरो रुपमा उचालिरहेका छन् भने सरकार र यसका पक्षधरहरुले पनि आफ्ना त्रुटी लुकाउन, मिलोमतो नभएको हुन्कार फुंक्न र अनियमितता नभएको भन्दै प्रकरणलाई अन्तै मोड्न शक्ती र सत्ताको आँडमा साम दाम दण्ड लगायत कुनै कसर बाँकी राखेका छैनन् । 

उपकरणहरु र चिकित्सा उपकरणको वारेन्टी छैन्
प्राविधिक स्पेसिफिकेशनमा उल्लेखित कतिपय आवश्यक सहायता उपकरणहरु र चिकित्सा उपकरणको वारेन्टीको विषयमा केही पनि नभनिएको छानविन समितिले भनेको छ ।

निर्माताको लागि वारेन्टीमा केवल पार्टसको वारेन्टी हुने उल्लेख गरिएको छ तर आवश्यक सहायता उपकरणहरु र चिकित्सा उपकरणको वारेन्टी समेटिएको छैन । विड डकुमेन्टमा सो सामाग्री नसमेटिनु त्रुटीपुर्ण भएको ठहर छानविन समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।