कैलाली पुगेर ओलीले प्रचण्डलाई भने- ७० वर्ष पुग्न लाग्नु भयो अहिलेसम्म नसच्चिएको कहिले सच्चिने हो ? 
2024/02/19, 1:49
 
ss

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार निकम्मा सरकार भएको टिप्पणी गरेका छन् । नेकपा एमालेको ९ औँ कैलाली जिल्ला अधिवेशन उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले वर्तमान सरकार प्रति खरो टिप्पणी गरेका हुन् ।  ‘यो निकम्मा सरकार हो यसले केही काम पनि गर्न सक्दैन ’ उनले भने, ‘हामीले ३९६ वटा अस्पतालहरू हरेक पालिकामा हुनुपर्छ भनेका थियौँ कहाँ गए ती अस्पताल रु ’ उनले सरकारले अहिले सम्म कुनै गतिलो काम नगरेको बताए । एउटा पनि देखाउन लायक काम प्रधानमन्त्रीले गर्नु भएको छैन । एक वर्ष पुग्दा भाषण गर्दा पनि हामी काम गर्छौ सच्चिन्छौँ भन्नुहुन्छ ’ ओलीले प्रचण्डलाई भने, ‘७० वर्ष पुग्न लाग्नु भयो अहिले सम्म नसच्चिएको कहिले सच्चिने हो ? ’


अहिले मुलुक गम्भीर मोडमा रहेको बताए । उनले भने, ‘राष्ट्रियता कमजोर भएको छ । स्वाधीनता स्वतन्त्रता कमजोर भएका छन् । तीनको संरक्षण गर्न सकिएको छैन । देशमा सुशासन छैन । ’ सरकारले गलत काममा संलग्नहरूलाई पनि कारबाही गर्न नसकेको ओलीले बताए । ‘यो गरिबलाई हेप्ने न्याय नदिने बलियाका पक्षको सरकार हो , कुन्टलको कुन्टल सुन आएको देख्दा पनि यो सरकारले कारबाही गर्न सक्दैन सरकार निरीह छ ’ ओलीले भने, ‘तस्कर हेर्दा आफ्नै मान्छे भेट्छ कारबाही गर्न सक्दैन । ’  ओलीले आफ्नो कार्यकालमा गरेका कामहरू अहिलेको सरकारले निरन्तरता नदिएको बताए । विदेश जाने युवाहरूलाई रोक्न नसक्नु विडम्बना रहेको उनले बताए । ‘३ ,४ हजार हरेक दिन विदेश गइरहेका छन् । गाउँबस्तीहरु रित्ता भइरहेका छन् । सरकार हेरिरहेको छ । म प्रधानमन्त्री भएको बेला १८ प्रतिशतले बाहिर जानेहरूको संख्या बढेको थियो उत्पादन वृद्धि भएको थियो ।

पूर्वाधारको विकास भएको थियो । एकै दिनमा २१० वटा पालिका सदरमुकाम जोड्ने सडक शिलान्यास गरेको थियो काम आज ती सडकहरु अलपत्र छन् । ती आयोजना कहाँ गए ’ उनले भने , ‘हामीलाई यो देशका सुशासन ल्याउनु छ रोजगारीको अवसर सृजना गर्नु छ जनताको जीवनमा परिवर्तन ल्याउनु छ । ’जिल्ला अधिवेशनको सन्दर्भमा ओलीले सक्षम र योग्य व्यक्तिले नेतृत्व गर्नु पर्ने बताए ।।

जिल्लालाई आगलागी दिनमा हाँक्नको लागि उम्मेदवार ल्याउन सुझाव दिए । उनले सर्वसम्मतबाट नेतृत्व चयन गर्न नभए लोकतान्त्रिक विधि अपनाउ सुझाव दिएका थिए ।‘सर्वसम्मतिले होस् या लोकतान्त्रिक विधिबाट होस् यस नेतृत्वले सबै साथीहरूलाई मिलाएर एकताबद्ध बनाएर सिङ्गो नेकपा एमाले उदाहरणीय रूपले अगाडी बढ्ने छ ’ उनले विश्वास व्यक्त गरे ।उनले जिल्ला अधिवेशनमा गुटबन्दी नगर्न समेत नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए । ‘अनुशासनहीन गुटबन्दी र अराजकता जस्ता कुराहरू सङ्गठनको लागि हानिकारक हुन्’ उनले भने ।