
बझाङ जिल्ला थलारा गाउँ पालिका वार्ड न ५ स्थायी घर भै हाल सशस्त्र प्रहरी बल नेपालमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक पदम बहादुर जेठाराले ६ रोपनी जग्गा दान गरेका छ्न |

आफ्ना पिता स्व. चन्द्र बहादुर जेठारा र आमा श्रीमती कमला देवि जेठाराको स्मृतिमा बझाङ जिल्ला थलारा गा पा -८ सेडिधारमा गाउँ पालिकाको भवन निर्माणका लागि १५ लाख मुल्य बराबरको ६ रोपनी जग्गा दान गरेका छ्न ।
सशस्त्र प्रहरी नायब निरीक्षक जेठारा कोहलपुर राजस्व चुहावट नियन्त्रण गुल्ममा कार्यरत छ्न ।

सशस्त्र प्रहरी नायब निरीक्षक जेठाराले यसअघि पनि थलारा गाउँपालिका -५ स्थित १ रोपनि जग्गा स्थानीय ग्यालेक्सी स्पोर्ट्स क्लब लाई क्लब भवन निर्माण लागि दान गरेका थिए।
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/19, 2:01
2021/02/11, 6:02
2021/09/13, 2:22
2023/10/03, 7:34