कलाकर्मी सङ्घको उपाध्यक्षमा बिसीसहित दुई सदस्य मनोनीत  
2024/04/03, 10:31
 
SS

 नेपाल सांस्कृतिक कलाकर्मी सङ्घ राष्ट्रिय समिति उपाध्यक्षमा स्वास्थ्यकर्मी सहित रहनु भएकी कलाकार  साधना बि सी लाई मनोनीत गरिएको छ ।

 सुदूरपश्चिम प्रदेशको बझाङ जिल्ला घर भएकी बिसी गायन , नृत्याङ्गना कुशल कार्यक्रम प्रस्तोतामा अब्बल रहेकी छन् । राष्ट्रिय उपाध्यक्ष बिसी सँगै राष्ट्रिय समिति  सदस्यमा संस्कृतिकर्मी ,लेखिका उप(प्राध्यापक सरिता साउँद र संस्कृतिकर्मी ,गायक एवं पण्डित केशवराज फुलारा लाई चयन गरिएको हो ।

साउँद सामाजिक क्षेत्रमा सेवा ,संस्कृतिकर्मीका साथै  प्राध्यापन पेसामा संलग्न हुनुहुन्छ भने फुलारा लामो समयदेखि गायन क्षेत्रका साथै ट्रेड युनियनमा संलग्न रहनु भएको थियो ।

नेपाल सांस्कृतिक कलाकर्मी सङ्घका राष्ट्रिय समिति अध्यक्ष उदिराम खड्काले केन्द्रीय पदाधिकारीको बैठक बाट चैत २० गते मङ्गलवार तिनै जनालाई मनोनीत गरेको अध्यक्ष खड्काले बताउनु भयो । तिनै जनाको मनोनीत सँगै ६ महिना भित्र सुदूरपश्चिम प्रदेश अधिवेशन सम्पन्न गर्ने र जिल्ला समिति पूर्णता नभएको जिल्लामा समिति पूर्णता गर्ने जिम्मेवारी समेत प्रदान गरेको छ ।

नेपाल ट्रेड युनियन काँग्रेस निकट सङ्घको राष्ट्रिय उपाध्यक्ष सँगै सुदूरपश्चिम प्रदेशको संयोजकको जिम्मेवारी पाउनु भएकी साधना बि।सी।ले दिएको जिम्मेवारी पूर्ण रूपले कार्यान्वयन गर्ने बताउनु भयो ।