
अछाममा रुखबाट ‘झ्याउ’ निकाल्ने क्रममा लडेर एक बालकको मृत्यु भएको छ। जिल्लाको रामारोसन गाउँपालिका– ५ का १४ वर्षीय पुरन रोकायाको रुखबाट लडेर मृत्यु भएको हो।

स्थानिय भरत रोकायाका १४ वर्षीय छोरा पुरनको बुधवार रुखबाट लडेर मृत्यु भएको हो। गाउँ नजिकै रहेको सालिमकोट सामुदायिक वनको चौतारामा रुखबाट झ्याउ निकाल्ने क्रममा उनी लडेका हुन्।
उनी नीलकण्ठ माध्यमिक विद्यालय पातलमा कक्षा ७ मा अध्ययनरत रहेका थिए। उनी कक्षाकै प्रथम हुने विद्यार्थी हुन्। उनको घटनास्थलमै मृत्यु भएको हो। अछामको रामारोसन लगायतका लेकाली क्षेत्रमा रुखहरूबाट जडीबुटी तथा झ्याउहरू निकाल्ने बेचबिखन गर्ने गरिएको छ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/18, 8:09
2020/12/05, 9:10
2021/03/31, 8:06
2021/10/21, 9:31
2022/09/19, 11:08