मुस्लिम समुदायले सुदूरपश्चिममा पनि मनाए ‘ईदउलफित्र’, प्रदेश प्रमुख पुगे ईदगाहमा
2024/04/11, 1:07
 
dd

इस्लाम धर्मावलम्बीको महान पर्व ‘ईदउलफित्र’ आज मनाइँएको छ । ईदको धनगढी, अत्तरिया, महेन्द्रनगरमा बस्ने मुस्लिम समुदायले आ–आफ्नो नजिकको मस्जिद परिसरमा नमाज पढेर ईद मनाएका छन ।

मस्जिदहरुमा आज बिहानै देखि मुस्लीम समुदाको घुईँचो लागेको थियो । मुसलमानहरुले धार्मिक ग्रन्थ कुरान अवतरणको सुरुवात भएको यो महिनालाई रमजान ९रोजा–उपवास० लिने महिना समाप्त भएको भोलिपल्ट ईदउलफित्र मनाउने गरेका छन ।  यो पर्वका लागि मुसलमान समुदायले एक महिना ब्रत बसेका थिए । जसलाई ‘रोजा’ भनिन्छ । एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुसलमान समुदाय दिनमा निराहार बस्ने गर्दछन् ।

ईदलाई मुस्लिम समुदायले आपसी सद्भाव र शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाएका छन् ।  विशेष नमाज पढिसकेपछि आफूभन्दा ठूलावडाबाट आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिँदै मिष्ठान्न एवं स्वादिष्ट परिकार खाने र खुवाउने परम्परा यस पर्वमा रहेको छ । 

ईस्लामिक पात्रो अनूसार हिजरी संवतको रमदान महिनाभर व्रत बसेका इस्लाम धर्मावलम्बीले सौव्वाल महिनाको पहिलो तारिखमा इद मनाउँने गर्छन् । ईद पर्वको अवसरमा आज नेपाल सरकारले सार्वजनिक बिदा  दिएको छ । ‘ईदउलफित्र’ कै अवसरमा सुदूरपश्चिममा प्रदेश प्रमुख नजिर मियाले पनि धनगढी उपमहानगरपालिकाल वडा नम्बर १ मा रहेको ईदगाहमा गएर नवाज पढेका छन । उनले मुस्लिम समुदायसँग सामुहीक रुपमा सहमागि भएर ईद मनाएका हुन ।