हामी ‘होमवर्क’मै छौँ, अहिल्यै सरकारमा जाँदैनौँः रावल
2024/04/20, 3:46
 
dd

नेकपा एमाले सुदुरपश्चिम प्रदेश ससंदिय दलका नेता राजेन्द्र सिहं रावलले हाललाई सरकारमा जाने बिषय टुगों नलागेको बताएका छन् । आफुहरु छलफलमै रहेकाले तत्काल सरकारमा नजाने निर्णय गरेको उनले बताएका हुन् । हामी ‘वर्कआउट’ गर्दैछौँ । केही ‘होमवर्क’ गर्न बाँकी नै छ । फेरि अहिले नै हतारिनुपर्ने कारण पनि त छैन । सरकार बनाउने कुरा महत्त्वपूर्ण कुरा हो, सरकारमा जाने सामान्य हो किनभने एमाले पद र प्रतिष्ठाकै लागि मरिहत्ते गर्ने पार्टी होइन । विगतको गठबन्धनले गरेका ‘एनार्की’का विरुद्धमा हो । प्रदेशको समृद्धि खोज्ने सवालमा अलिकति सहमति बनाएर जाऔँ भन्ने एमालेको मान्यता हो ।

न्युनतम साझा कार्यक्रमका कुरा होलान्, सरकार सञ्चालको संयन्त्रको कुरा होला, मन्त्रालयहरूको बाँडफाँटको कुरा होला, यी सबै मिलाउने क्रममा भएकाले हो । सत्ताको भागबण्डामात्रै पनि होइन, मुलतः जनताका एजेण्डाहरुलाई कसरी हल गर्ने र प्रदेशको अर्थतन्त्रलाई ‘सस्टेन’ गर्ने भन्ने सवाल, राष्ट्रियता संरक्षणको सवाल महत्त्वपूर्ण हुन्छ । त्यसपछि हाम्राबिचमा अनुशासनका लागि ‘कोड अफ कन्डक्ट’ बनाउनुपर्ने होला । यी कुराहरूको ‘एक्सरसाइज’ भइसकेको छैन ।

उनले परामर्शहरू भइरहेकोे बताउँदै त्यसले पूर्णता पाएपछि सरकारले पनि पूर्णता पाउने दावी गरे । तपाईंहरू सबैलाई थाहा छ कि प्रदेश सरकार सङ्घीय र स्थानीय सरकारसँग सम्बन्धित हुन्छ । त्यसकारण पनि हामी हतारोमा निर्णय गर्ने, फुर्सदमा पछुताउने कुरा गर्दैनौँ । सोडारीले बिश्वासको मत पाएपछि मात्रै सरकारमा जानुहुन्छकी भन्ने प्रश्नमा रावलले हामी सहमतिका आधारमा सरकारमा जाने र त्यसबारे अहिले भन्न जरुरी नरहेको बताए । तपाईंहरूलाई थाहा नै छ, शनिबारबाट हाम्रो पार्टीको राष्ट्रिय प्रतिनिधि परिषदको बैठक हुँदैछ । वैशाख १० गते हिरक जयन्ती मनाउँदैछौँ । तीनचार दिन त्यहीँ व्यस्त रहन्छौँ । त्योसँगै हामीले गर्नुपर्ने परामर्श पनि गर्छौं र निर्णयमा पुग्छौँ ।