कञ्चनपुरको भीमदत्तबाट खैरो हेरोईनसहित दुई जना पक्राउ
2024/04/23, 2:11
 
ss

कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट लागूऔषध खैरो हेरोईनसहित दुई युवक पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका–७ हल्दुखालबाट ० दशमलव २७ ग्राम अबैंध लागूऔषध खैरो हेरोईन सहित सोही ठाउँ बस्ने २९ वर्षीय सन्तोष जाग्री र भीमदत्त नगरपालिका–३ तिलकपुरबाट ० दशमलव ९४ ग्राम खैरो हेरोईनसहित सोही ठाउँ बस्ने २७ वर्षीय निराजन बोहरालाई सोमवार साँझ प्रहरीले पक्राउ गरेको हो।

लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले दुबैको साथबाट खैरो हेरोईन फेला पारी पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपरले सो सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।