बझाङमा छबिसपाथिभरा गाउँपालिकाबाट मतगणना सुरू
2024/04/28, 3:45
 
ss

बझाङमा मतगणना सुरू भएको छ। मतगणनाअघि सर्वदलीय बैठक बसेको थियो।  बझाङको छबिसपाथिभरा गाउँपालिकाबाट मतगणना सुरु भएको हो।  बझाङ प्रदेशसभा( १ मा शनिबार सम्पन्न उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको थियो। 

नेपाल कम्युनिष्ट पार्टी एमालेबाट दमनबहादुर भण्डारी,नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह,नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०बाट जनकबहादुर बुढा,राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोरकुमार खड्का, नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०बाट दिलबहादुर सिंह प्रतिस्पर्धामा छन्। 

नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही, जनमत पार्टीबाट सुशीलादेवी विष्ट, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दीपकबहादुर खड्का, जनता समाजवादी पार्टीबाट रामबहादुर खड्का, नेसनल रिपब्लिकन नेपालबाट कमल घर्तीमगर, राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापा उम्मेदवार छन्।