
कैलालीको टीकापुरबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।

कैलालीको टीकापुर नरपालिका वडा नम्बर १ भुपुकमैया टोल स्थित बिजयनगरको कच्ची सडक खण्डबाट सोही ठाउँका २५ वर्षीय विकाश चौधरी र सोहि ठाउँका १९ वर्षीय अमन चौधरी पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार उनीहरुको साथबाट एक दशमलव ४० ग्राम लागुऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित आठ हजार नगद रुपैँया बरामद गरिएको छ । पक्राउ परेका दुई जनालाई नियन्त्रण लिई प्रहरीले थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/12/19, 11:51
2022/07/20, 12:54
2023/12/02, 11:43